Comments Add Comment

Advertisment

SKIP THIS

पश्चिम नवलपरासीबाट प्रहरीले धरमवीर केबटलाई लागूऔषधसहित पक्राउ

काठमाडौं। पश्चिम नवलपरासीमा लागूऔषधसहित एकजना पक्राउ परेका छन् ।

रामग्राम नगरपालिका-५ बाइपास चोकमा रुपन्देही देवदह नगरपालिका १२ का २१ वर्षका धरमवीर केबटलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

पैदल हिँडिरहेका युवालाई शंका लागेर चेक गर्दा लागूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय परासीले जनाएको छ ।

ज्याकेटमा लुकाइछिपाइ ल्याउँदै गरेको नुर्फिन ५२ एम्पुल, डाइजापाम ५२ एम्पुल, फेनारगन ५२ एन्पुल बरामद भएको छ ।

केबटलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै