सडक निर्माणको माग गर्दै काभ्रेका स्थानीयहरूले अरनिको राजमार्ग बन्द गरे -
Comments Add Comment

सडक निर्माणको माग गर्दै काभ्रेका स्थानीयहरूले अरनिको राजमार्ग बन्द गरे

सडक निर्माणको माग गर्दै काभ्रेका स्थानीयहरूले अरनिको राजमार्ग बन्द गरे

काभ्रे । काभ्रेका स्थानीयहरूले अरनिको राजमार्ग बन्द गरेका छन् । सडक निर्माणको माग गर्दै अनसन बसेका जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक कुमार गौतमलाई समर्थन गर्दै स्थानीयहरूले अरनिको राजमार्ग बन्द गरेका हुन् ।

धुलिखेल नगरपालिका वडा नम्बर-८ र पाँचखाल नगरपालिका वडा नम्बर-५ को सिमाना खावा भन्ज्याङमा स्थानीयहरूले सडक अवरुद्ध गरेका छन् । पाँचखाल-५ का सिताराम ढुङ्गाना र धुलिखेल-८ का विनोद गौतम सहित जनप्रतिनिधि र स्थानीयले सडक बन्द गरेका हुन् ।

सडक निर्माणको माग गर्दै शुक्रबारबाट जिसस प्रमुख गौतमले आमरण अनसन सुरु गरेका थिए । उनको अनसनलाई समर्थन गर्दै स्थानीयहरूले राजमार्ग बन्द गर्दा यातायात सेवा ठप्प भएको छ । सडक बन्द हुँदा सो सडक भएर सञ्चालन हुने लामो तथा छोटो दुरीको सवारी साधनहरू रोकिएका छन् । सो सडक भएर सिन्धुपाल्चोक, दोलखा, रामेछाप तथा नेपाल चीनको सीमा तातोपानी नाका पुग्न यातायात सेवा सञ्चालन हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै