Comments Add Comment

Advertisment

SKIP THIS

पेचिलो बन्दैछ बागलुङमा चुनावी तालमेल

३० भाद्र , काठमाडौँ । सिट बाँडफाँटमा बागलुङ–१ नछाड्ने राष्ट्रिय जनमोर्चाको अडानले जिल्ला तहमा गठबन्धन कसरी अघि बढ्ला भन्ने चासो थपिदिएको छ । गठबन्धनको सबैभन्दा सानो दल जनमोर्चाले त्यहाँको उम्मेदवारमा अध्यक्ष चित्रबहादुर केसीलाई अघि सारेको छ ।

बागलुङ केसीको गृहजिल्ला हो । सङ्घतर्फ बागलुङ–१ सँगै प्युठानमा जनमोर्चाको दाबी छ । प्रदेशमा पनि बागलुङको एउटा सिट आफूले पाउनुपर्ने उसको प्रस्ताव छ । विसं २०७४ को चुनावमा वाम गठबन्धन गरेर चुनाव लडेको जनमोर्चाले बागलुङबाट प्रदेशका दुई सिट जितेको थियो । तत्कालीन चुनावमा बागलुङका सबै सिट गुमाएको सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेस अहिले विरासत फर्काउने सुरमा छ । दोस्रो संविधानसभा चुनावमा जिल्लाका तीनै सिट जितेको काँग्रेसले विसं २०७४ को चुनावमा नमिठो हार व्यहोर्नुपरेको थियो । वाम तालमेलबाट गत चुनावमा बागलुङ–२ र बागलुङ–२ (क) मा विजयी बनेको नेकपा (माओवादी केन्द्र) अहिले पनि गठबन्धनमार्फत त्यही नतिजा दोहोर्याउन चाहन्छ । गठबन्धनको अर्को घटक नेकपा (एकीकृत समाजवादी) ले पनि प्रदेशको एउटा सिटमा दाबी गरिरहेको छ ।

एकातिर सङ्घीय मन्त्रीदेखि गठबन्धन दलका शीर्ष नेतासम्म उम्मेदवार बन्ने दौडमा हुनु, अर्कातर्फ दलका आ–आफ्नै अडानका कारण बागलुङ गठबन्धनका लागि पेचिलो बन्ने देखिएको छ । जनमोर्चा गण्डकी प्रदेशका अध्यक्ष शङ्कर बरालले आफूहरुले सङ्घसँगै प्रदेशको एउटा सिट पनि बागलुङबाट पाउनुपर्ने बताए । “बागलुङ–१ मा अध्यक्षलाई उठाउने पार्टी केन्द्रकै निर्णय हो, प्रदेशमा पनि बागलुङबाट एउटा सिट अनिवार्य चाहिन्छ, हाम्रो यही अडान छ”, उनले भने । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै