Comments Add Comment

Advertisment

SKIP THIS

बर्दीमा नाच्ने प्रहरी नायब निरीक्षक साह कारबाहीमा

५ भदौ , काठमाडौं रौतहटमा बर्दीमा नाच्ने प्रहरी कारबाहीमा परेको छ ।

कृष्ण जन्माष्टमीको अवसरमा गढीमाई नगरपालिका ६ धरमपुरमा बर्दीमै नाचेका प्रहरी नायब निरीक्षक राजेकिशोर साह कारबाहीमा परेका हुन् । प्रहरी आचरणविरुद्ध कार्य गरेको भन्दै जिल्ला प्रहरी कार्यालयले उनलाई आइतबार चौकीको इन्चार्जबाट हटाएर अनुसन्धान थालेको रौतहटका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

कृष्ण जन्माष्टमीको अवसरमा आयोजना गरिएको कार्यक्रममा शनिबार दुई जना नाचिरहेको अवस्थामा साह मञ्चमै पुगेर नाचेका थिए । उनले मञ्चमा नाचेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै