Comments Add Comment

Advertisment

SKIP THIS

अर्घाखाँचीका प्रहरी प्रमुख मुकुन्द रिजाल अबैध गाजाको बोट फडानी अभियानमा

१२ भदौ , काठमाडौँ । (सारदा आचार्य) जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले सन्धिखर्क नगरपालिका र पाणिनी गाउँलिकाका बिभिन्न ठाउँमा एकहप्तामा अबैध रुपमा खेती गरिएको ७ हजार गाजाँका बोटहरु फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिएका छ्न ।

पछिल्लो समय बिद्यालय र क्याम्पसमा पढ्ने बिद्यार्थी समेत कुलतमा फस्ने गरेको सरोकारवालाले प्रतिक्रिया दिएपछि डिएसपी रिजाल आफै ब्यापक रुपमा सक्रियभइ निरन्तर ग्रामिण क्षेत्रमा गस्ती गरि गाउँमा अबैध रुपमा खेती नै गरेको अवस्थामा भेटिएका गाजाकाबोटहरु फडानी गरि ट्याक्टरमा राखेर प्रहरी कार्यलयको परिसरमा ल्याइ जनप्रतिनिधि ,पत्रकारको उपस्थिमा नष्ट गरिएको छ ।

गाँजा लागुऔषध भएकाले गाँजा खेति, उत्पादन, खरिद विक्री तथा ओसारपसार गर्नेलाई लागुऔषध नियन्त्रण ऐन अनुसार कारवाही हुने डिएसपी रिजालाले बताए ।

विभिन्न ठाउँमा लगाईएका र आफै जंगलमा उम्रेको गाँजा खेती नसकिएसम्म फडानी कार्य जारी रहने छ ।

डिएसपी रिजालकोे नेतृत्वमा खटिएको प्रहरीटोलीले सन्धिखर्कका खाँचीकोट , डिभर्ना , अर्घाबिहार , खिदिम , धारापानी लगायतका ठाउँमा आफै उम्रिएका र लुकिछिपी अबैध रुपमा गाजाँ खेती नै गरेका ७ हजार गाजाकाबोट फडानी गरि नष्ट गरिएको हो ।

पछिल्लो समय जिल्लाका बिभिन्न ठाउँमा रहेका इलाका प्रहरी कार्यालय , प्रहरी चौकीहरुलाई दैनिक गस्ती गरि गाउँ गाउँ गाजा फडानी अभियान तिब्र बनाउन डिएसपी रिजालले निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै