Comments Add Comment

Advertisment

SKIP THIS

पक्षघातले गाँजिएको दलित बस्ती !

आज बुधवारको कान्तिपुर दैनिकमा ” मधेशका दलित बस्ती जहाँ पक्षघात नभएका टोलै छैनन ” शीर्षक लेख पढी केही लेख्न मन लाग्यो । मधेशका सर्लाही, मोरङ र सिराहाका कयौं दलित बस्तीहरुमा कयौं मानिसहरु पक्षघातका बिरामी फेलापरेका र उनीहरुको जीवनको पृथक कथा व्यथावारे पनि पढियो ।

अधिकांश दलित बस्तीमा पक्षघात हुनुको पछाडीको मूख्य कारक तत्व गरिबी नै भएको पुष्टि भयो । ठूलो परिवार, गाँस, बास, कपास, शिक्षा , स्वास्थ्य र रोजगारीको अभावै अभावले जेलिएको उक्त दलित बस्तीहरुमा अधिकांश मानिसहरुको दिनचर्या नै ज्यालामजदुरी, दिनभर कठोर परिश्रम, साँझ घरमा कुपोषणयुक्त खाना र गुणस्तरहीन मदिरा सेवन गर्ने गरेको कुरा पनि अनुसन्धानबाट खुलेको छ ।

एक त गरिब जनता, त्यसमा पनि कठोर परिश्रमका वावजुद न समयमा खाना, न त आराम, अनि न त मदिरा सेवनमा नियन्त्रण । यस्तै कारणले उनीहरुमा व्यापक पक्षघातको रोग फैलिएकोले यसको लागि स्थानीय सरकारको पहलमा उक्त क्षेत्रमा सवभन्दा पहिलो प्राथामिकता जनचेतना जगाउने , आर्थिक प्याकेजका योजनाहरु लागू गरी उचित रोजगारी , मदिरा सेवनमा पूर्ण नियन्त्रण गर्ने र भएका बिरामीहरुको उचित उपचारको ब्यबस्था गर्नेजस्ता कार्यक्रमहरु लागू गर्नुपर्दछ । यसरी उपर्युक्त जिल्लाहरुमा भएका बिरामीहरु त एउटा प्रतिनिधि पात्र मात्र हुन ।

यसको अलावा देशका अन्य धेरै बिकट जिल्लाहरुमा आर्थिक बिपन्नता, शिक्षा , स्वास्थ्य तथा रोजगारीको अभावका कारण धेरै मानिसहरु यस्ता विभिन्न किसिमका रोगहरुबाट ग्रशीत छन ।

तर, सरकारको पँहुच त्यस्ता ठाउँहरुमा पुग्न सकेको छैन जसले गर्दा उनीहरुको समस्या समाधान होस । सरकार त केवल राजनीतिक द्वन्द सृजना गरेर माथिदेखि तल्लो निकाएसम्म भागवन्डाको राजनीतिमै ब्यस्त छ ।

देश आर्थिकरुपमा जर्जर छ, मंहगीको मारले जनताको ढाड सेकिएको छ , जनता बाढीपहिरोको चपेटामा परेका छन तर सरकारले यस सम्बन्धमा राहतको प्याकेज ल्याउनुको सट्टा भागबन्डाको राजनीतिमै ब्यस्त भएर मन्त्रीमन्डलमा नयाँ अनुहार भित्र्याउंदै छ । अझ कयौं प्रदेशमा फेरि अदल बदल प्रकृया शुरु हुन लागेको भन्ने खवर छ । तसर्थ , राजनीतिक सुद्दता जवसम्म हुंदैन तवसम्म यो सरकारले न त पक्षघातले गाँजिएका पिडीत वर्गको उत्थान गर्नमा जोड दिन्छ, न त देशलाई समृद्दितर्फको यात्रामा डोर्याउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै