Comments Add Comment

Advertisment

SKIP THIS

नेप्से दोहोरो अंकले घट्यो, कारोबार रकम ७४ करोडमा खुम्चियो

२६ भाद्र , काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारको परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ११.४७ अंक घटेर १९२६ अंकमा ओर्लिएको छ । कुल २६ कम्पनीको मूल्य बढ्दा १५६ को घट्यो भने ७ को स्थिर रहेको छ।

दिनभर कुल ७४ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भयो । बैंकिङ ३, विकास बैंक ५३, फाइनान्स २२, होटल तथा पर्यटन ३७, जलविद्युत् ३४, जीवन बीमा ३९, उत्पादन ५, माइक्रोफाइनान्स ३६, निर्जीवन बीमा ३८ र व्यापार उपसमूह ११ अंक घटेको छ । अन्य उपसमूह ४ अंक बढ्यो ।

मैलुङखोला पावरको मूल्य सबैभन्दा धेरै ४.५ प्रतिशत बढ्यो । छ्याङ्दी हाइड्रोको मूल्य सबैभन्दा धेरै ५.३ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा हिमालयन एभरेस्ट इन्स्योरेन्स, नबिल बैंक, रिडी पावर, अपी पावर र नेपाल टेलिकम क्रमशः अगाडि रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

दोहोरो अंकले घट्यो नेप्से

सेयर बजार दोहोरो अंकले घट्यो

सेयर बजार दोहोरो अंकले घट्यो

नेप्से दोहोरो अंकले घट्यो

Advertisment

छुटाउनुभयो कि? सबै

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

दोहोरो अंकले घट्यो नेप्से

नेप्से दोहोरो अंकले घट्यो

सेयर बजार दोहोरो अंकले घट्यो