Comments Add Comment

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

१० चैत , काठमाडौं । आज सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।

नेप्से परिसूचक १६ दशमलव ६९ अंकले घटेर २ हजार ६ सय १३ दशमलव ६७ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव १७ अंकले घटेको छ ।

बुधबार २ अर्ब रुपैयाँको मात्रै सेयर कारोबार भएकोमा बिहीबार ३ अर्ब २४ करोड माथिको सेयर कारोबार भएको छ । दिनभर भएका ४५ हजार ७६ कारोबारबाट २२४ धितोपत्रका ५२ लाख ९८ हजार ५४३ कित्ता सेयर किनबेच भएका छन् । जसबाट कारोबार रकम ३ अर्ब २४ करोड ८९ लाख ४३ हजार ८२५ रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

दोहोरो अंकले घट्यो नेप्से

सेयर बजार दोहोरो अंकले घट्यो

सेयर बजार दोहोरो अंकले घट्यो

Advertisment

छुटाउनुभयो कि? सबै

नेप्से दोहोरो अंकले घट्यो

सेयर बजार दोहोरो अंकले घट्यो

दोहोरो अंकले घट्यो नेप्से