Comments Add Comment

Advertisment

SKIP THIS

नेप्से दोहोरो अंकले घट्यो

२८ चैत , काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज दोहोरो अंकले घटेको छ । आज नेप्से ४४.६४ अंकले घटेर दुई हजार ४ सय १९ दशमलब ७१ विन्दुमा रोकिएको हो । त्यस्तै, आज २ अर्ब २६ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका १७ कम्पनीको शेयरमूल्य बढेको छ भने १७६ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा भने उच्च वृद्धि भएको छ । आज नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १८७० रुपैयाँ पुगेको छ भने जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ४९१.१० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज इमर्जिङ नेपाल र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । जसको शेयरमूल्य आज ९ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज १६ करोड ५२ लाख भन्दा बढीको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

दोहोरो अंकले घट्यो नेप्से

सेयर बजार दोहोरो अंकले घट्यो

सेयर बजार दोहोरो अंकले घट्यो

Advertisment

छुटाउनुभयो कि? सबै

सेयर बजार दोहोरो अंकले घट्यो

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

सेयर बजार दोहोरो अंकले घट्यो