Comments Add Comment

Advertisment

SKIP THIS

नेप्से दोहोरो अंकले घट्यो

१३ जेठ , काठमाडौं । आज सेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १५.८२ अंकले घटेर २,२२३.७८ विन्दुमा पुगेको हो ।

राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिमा एकल ग्राहकले प्रति बैंकबाट ४ करोड र पुरै बैंकिङ प्रणालीबट १२ करोड रूपैयाँ मात्र सेयर धितो कर्जा लिन सकिने व्यवस्था गरेको थियो । यसभन्दा अघि नेप्से तीन दिन लगातार बढेको थियो। अघिल्लो दिन नेप्से ८.०३ अंकले बढेर २,२३९.६० विन्दुमा पुगेको थियो ।

बजार घटेपनि अघिल्लो दिनको तुलनामा आज कारोबार रकम बढेको छ । शुक्रबार कुल २२३ धितोपत्र तथा ऋणपत्रको ४१ लाख ४० हजार ६६५ सेयर किनबेच हुँदा क अर्ब २९ करोड ८९ लाख ५ हजार रूपैयाँ कारोबार भएको छ । अघिल्लो दिन २३ लाख २४ हजार ६६५ सेयर किनबेच हुँदा ८८ करोड ९८ लाख ३४ हजार ९०८ रूपैयाँ कारोबार भएको थियो ।

शुक्रबार ४६ किसिमका धितोपत्र तथा ऋणपत्रको मूल्य बढेको छ भने १६० वटाको मूल्य घटेको छ । आज सबैभन्दा धेरै बढ्नेमा रुरु जलविद्युत परियोजनाको सबैभन्दा रहेको छ । परियोजनाको ६.१३ प्रतिशतले सेयर मूल्य बढेको हो। यसपछि नारायणी विकास बैंकको ५.३१ प्रतिशतले सेयर मूल्य बढेको छ। दिवेश्वरी हाइड्रोपावर भने आज सबैभन्दा धेरै ३.७५ प्रतिशतले सेयर मूल्य घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

दोहोरो अंकले घट्यो नेप्से

सेयर बजार दोहोरो अंकले घट्यो

सेयर बजार दोहोरो अंकले घट्यो

Advertisment

छुटाउनुभयो कि? सबै

दोहोरो अंकले घट्यो नेप्से

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

सेयर बजार दोहोरो अंकले घट्यो

सेयर बजार दोहोरो अंकले घट्यो