१२ जेठ , काठमाडौं । वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको नगद ९ लाख ५० हजार रूपैयाँ सहित एक भारतीय पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत बिहार बेतिया ग्रामपंचायत गुर्वलिया कचहरियाटोला थाना मनुवापुल बस्ने ४२ वर्षीय संजय राम रहेका छन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश ३-०२-०११ प ८६२७ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक रामलाई उक्त स्रोत नखुलेको नगदसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।





