Comments Add Comment

बारामा ठूलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद

२१ असार , काठमाडौ । बारामा ठूलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद भएको छ।

कोल्हवी नगरपालिका-५, सोनाभर बस्ने जितेन्द्र चौधरीको घरमा गाँजा लुकाइछिपाइ राखेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय, कोल्हवीबाट प्रहरी निरीक्षक भोलामान सिंह अधिकारीको कमान्डमा खटिएको टोलीले १ सय ६८ किलो गाँजा फेला परेको हो।

स्थानीय जनप्रतिनिधि तथा स्थानीयको रोहबरमा घर खानतलासी गर्दा कोठाभित्र लुकाई राखेको अवस्थामा गाँजा बरामद गरिएको प्रहरी नायब उपरीक्षक पुरूषोत्तमप्रसाद पाण्डेले जानकारी दिए।

गाँजालाई बरामद गरी इलाका प्रहरी कार्यालय कोल्हवीमा राखिएको छ। यस घटनामा घरधनी चौधरीसहित संलग्न व्यक्तिहरूको खोजतलास जारी रहेको पाण्डेको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment