Comments Add Comment

Advertisment

SKIP THIS

जुवातास खेलिरहेको अवस्थामा ३ लाख ८२ हजार रूपैयाँसहित १८ ‘जुवाडे’ पक्राउ

११ कार्तिक , काठमाडौँ । ३ लाख ८२ हजार रुपैयाँ नगदसहित काठमाडौंको नागार्जुनबाट १८ जना ‘जुवाडे’ पक्राउ परेका छन् ।

बिहीबार राति प्रहरीले १८ जना पुरुषलाई जुवा खेलीरहेको अवस्थामा पक्राउ गरेको हो। नागार्जुन नगरपालिका-७ स्थित दहचोक सिटी भ्यु रिसोर्टमा सम्पत्ति हारजित हुनेगरी जुवा तथा कौँडा खेलीरहेको भन्ने सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरुको साथबाट ३ लाख ८२ हजार ५९५ रुपैयाँ नगद, १५ बुक तास र १६ थान कौडा बरामद गरिएको प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै