१९ असार , काठमाडौ । ललितपुरको धापाखेलबाट एकजना पुरुष बेपत्ता भएका छन् ।
धापाखेल–२३ निवासी श्री बहादुर अधिकारी सोमबार बिहान घरबाट निस्केका अझैसम्म पनि परिवारको सम्पर्कमा नआएका हुन् ।
अधिकारीकी पत्नी रमिला अधिकारीका अनुसार उनी सोमबार बिहान करिब साढे ६ बजे कसैलाई जानकारी नदिई घरबाट निस्किएका थिए । त्यस यता उनी कसैको सम्पर्कमा रहेका छैनन् । अधिकारीलाई कसैले देखेमा सम्पर्क गरेकामा परिवारलाई ९८४९२०२९५४, ९८४१३३३७०९, ९८१३५८९३७० नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ ।


