१५ साउन , काठमाडौ । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाको लागि दक्षिण सुडानमा तैनाथ एक जना नेपाली सैनिक झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।
शेर गण (शान्ति सेना) बाह्रौं डफ्फामा कार्यरत अमल्दार रामबहादुर बाँठाले शुक्रबार आत्महत्या गरेको बताइएको छ । उनी जाजरकोटको खलङ्गा गाउँपालिका ६, निवासी हुन् ।
दक्षिण सुडानको रुम्बेकस्थित गण हेडक्वार्टरमा रहेको भेहिकल वर्कशपमा घाँटीमा पासो लगाई झुण्डिएको अवस्थामा उनी फेला परेका थिए ।
उनको शव पोष्टमार्टमको प्रक्रिया तथा अनुसन्धानको क्रममा रहेको नेपाली सेनाले जनाएको छ । पोष्टमार्टमपछि स्वदेश ल्याउन आवश्यक समन्वय भइरहेको बताइन्छ ।







