Comments Add Comment

Advertisment

SKIP THIS

वीरको गुपचुप सूचनाबाट कस-कसले पाए जागिर ? अख्तियारमा उजुरी दर्ता

२१ कात्तिक , काठमाडौ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा गुपचुप एकदिने सूचना निकाली माग गरिएको आवेदनअनुसार कर्मचारी छनोट गरिएको छ ।

अस्पतालले कार्तिक १० गतेको मिति राखेर १७ गतेसम्म आवेदन दिने समय तोकी १७ गते नै सूचना निकालेको थियो । वीर अस्पतालका कर्मचारीहरूका अनुसार १७ गते शुक्रबार पनि कार्यालय समय सक्किने बेलामा मात्रै सूचना टाँसिएको थियो ।

जसमा सातौँ तहका ल्याब टेक्निसियन १ जना, पाचौँ तहका ल्याब टेक्निसियन ५ जना, चौथो तहका लिफ्ट असिस्टेन्ट ४ जना, चौथो तहका इलेक्ट्रियिसन २ जना र प्लम्बर १ जना गरी १३ जना कर्मचारी माग गरिएको थियो ।

आवेदन दिने उम्मेदवारको १९ गते आइतबार अन्तर्वार्ता लिइएको थियो । सोही अन्तर्वार्तापछि अस्पतालले छनोट भएका कर्मचारीको सूची निकालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आफ्ना मान्छे भर्ती गर्न चलाखी पूर्वक गुपचुप सूचना निकालेको आरोप वीर अस्पतालकै कर्मचारीहरुले लगाएका छन् ।

कर्मचारीहरुले यसबारे विभिन्न निकायमा उजुरी दिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सतर्कता केन्द्र, नेकपा एमाले संसदीय दलमा आइतबार नै उजुरी दर्ता गरिएको छ।

ती निकायमा दिइएको उजुरीमा वीर अस्पतालमा नियुक्ति दिलाउन भन्दै मन्त्री बस्नेतले धेरै व्यक्तिबाट ३–४ लाखका दरले पैसा उठाएको आरोप लगाइएको छ ।

उजुरीमा उल्लेख भएअनुसार मन्त्री बस्नेतका मुख्य पिए विश्वरुप खड्कामार्फत दर्जनौँ व्यक्तिसँग पैसा उठाइएको आरोप छ ।  मन्त्री बस्नेत र पिए खड्काका मान्छेलाई पहिल्यै सूचना दिएर गोप्य रुपमा आवेदन दिन लगाइएको आरोप पनि कर्मचारीहरुको छ ।

मन्त्री बस्नेतकै अगुवाइमा गत असोज २८ गते घटस्थापनाको दिन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स)को सिटेन डाकिएको थियो । सो सिनेट बैठकले न्याम्समार्फत रहने गरी ६३ नयाँ दरबन्दी सिर्जना गरेको थियो ।

वीर अस्पतालमा तत्काल नर्सलगायतका स्वास्थ्यकर्मीको अभाव भएपनि मन्त्री बस्नेतले आफ्ना मान्छेलाई जागिर खुवाउनका लागि अन्य पदमा करार नियुक्तिका लागि आवेदन खोलेको आरोप वीरका असन्तुष्ट कर्मचारीहरुको छ ।

वीरमा नियुक्त पाएका कर्मचारीहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment