Comments Add Comment

Advertisment

SKIP THIS

अख्तियारको फन्दामा तारकेश्वर नगरपालिकाका कर्मचारी : २० हजार नगद घुससहित रंगेहात पक्राउ

१५ असोज , काठमाडौ । काठमाडौको तारकेश्वर नगरपालिकामा करारमा कार्यरत अमिन ईश्वर चन्द्र चौलागाईलाई २० हजार नगद घुस रकमसहित अख्तियारको टोलीले धर्मस्थली ६ बाट रंगेहात पक्राउ गरेको छ ।

अमिन चौलागाईले जग्गा कित्ताकाट गर्न सिफारिस गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको सूचना र उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले निज अमिन ईश्वर चन्द्र चौलागाईलाई सेवाग्राहीबाट बीस हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले विज्ञप्ति निकालेर जानकारी दिएका छन् ।

अमिन चौलागाईको साथमा बीस हजार घुस रकम र श्रोत नखुलेको चौतीस हजार रुपैयाँसहित तारकेश्वर नगरपालिकाको कार्यालयबाहिरबाट नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको अख्तियारको विज्ञप्तिमा उल्लेख गरेको छ ।

अख्तियार श्रोतकाअनुसार स्थानीय स्तरमा भ्रष्टाचार मौलाउँदै गर्दा तारकेश्वर नगरपालिकामा पछिल्लो समय ज्यादै नै भ्रष्टाचार भईरहेको जनगुनासो आएको र जनताको गुनासा सम्बोधन गर्ने क्रममा घुस सहित रँगेहात समातिएका हुन् ।

३ करोडमा बनाईएको तारकेश्वर नगरपालिकाको पुल समेत अनुसन्धान सुरु गरिसकेको स्रोतले बताउछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment