२९ पुष , काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका-९ भलादमी चोक नजिक सवारी साधनको ठक्करबाट तीनजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय हेटौंडाका ना ३९ प १४३९ नम्बरको स्कुटरलाई सवारी साधनले ठक्कर दिएको हो । घटना बिहीबार राति करिब १० बजेतिर भएको अनुमान गरिएको छ ।
मृत्यु हुनेमा स्कुटरमा सवार मनहरी गाउँपालिका ८ का ३२ वर्षीय धर्मराज मोक्तान, ३० वर्षका मिलन मोक्तान र राक्सिराङ गाउँपालिका-३ का २९ वर्षका रुपेश तामाङ छन् ।
केले ठक्कर दियो भन्ने अहिलेसम्म पत्ता नलागेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनायएको छ ।