Comments Add Comment

Advertisment

SKIP THIS

विश्व फिजियोथेरापी दिवस २०२४ को शुभकामना : फिजियोथेरापिस्ट सुदिप धिताल

२२ भाद्र , काठमाडौ । विश्व फिजियोथेरापी दिवस हरेक वर्ष सेप्टेम्बर ८ मा मनाइन्छ । सन् १९९६ मा विश्व फिजियोथेरापी (पहिले वर्ल्ड कन्फेडेरेसन फर फिजिकल थेरापी) ले यस दिवसलाई औपचारिक रूपमा मान्यता दिएको थियो ।

यो दिन फिजियोथेरापीको महत्त्वलाई विश्वव्यापी रूपमा उजागर गर्न र स्वास्थ्य सेवामा फिजियोथेरापिस्टहरूको योगदानलाई सम्मान गर्नका लागि मनाइन्छ।

नेपाल फिजियोथेरापी संघ (NEPTA) सन् २००३ मा विश्व फिजियोथेरापी (WCPT) को सदस्य बन्यो, जसले गर्दा नेपालको फिजियोथेरापी क्षेत्रले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो पहिचान बनाउन सक्षम भएको छ।

यो वर्षको विश्व फिजियोथेरापी दिवसको थीम “व्यायाम र ढाडको तल्लो भागको दुखाइ” हो । यो विषयवस्तु अहिलेको स्वास्थ्य चुनौतीहरूसँग विशेष सान्दर्भिक छ किनभने ढाडको तल्लो भागको दुखाइ विश्वभर धेरै मानिसहरूलाई असर गर्ने प्रमुख कारण हो ।

सही व्यायाम र उपचारले यस समस्यालाई कम गर्न ठूलो मद्दत पुर्‍याउन सक्छ। फिजियोथेरापी मार्फत गरिने व्यायामले शारीरिक सन्तुलन सुधार गर्न, दुखाइ नियन्त्रण गर्न र जीवनशैलीलाई सुदृढ बनाउन मद्दत पुर्‍याउँछ ।

फिजियोथेरापी केवल चोट वा रोगबाट निको हुने प्रक्रिया मात्र नभएर व्यक्ति विशेषको दैनिक जीवनका क्रियाकलापमा सुधार ल्याउन, उनीहरूको शारीरिक क्षमता बढाउन, र पूर्ण रूपमा जीवनयापन गर्न सक्षम बनाउने प्रक्रियामा केन्द्रीय भूमिका खेल्छ।

नेप्टाले विश्व फिजियोथेरापी दिवस २०२४ को अवसरमा विभिन्न कार्यक्रमहरूको आयोजना गरेको छ । तीमध्ये फिजियोथेरापिस्टहरूको लागि फुटसल प्रतियोगिता, प्रभातफेरी, काठमाडौं मेडिकल कलेज (KMC) अस्पतालमा औपचारिक कार्यक्रम, हाडजोर्नी विशेषज्ञ तथा फिजियोथेरापिस्टहरूले दिने प्रस्तुति रहेका छन्। यी कार्यक्रमहरूले फिजियोथेरापीको महत्त्व बुझाउन र यस क्षेत्रको विकासमा योगदान पुर्‍याउन सहयोग गर्नेछ।

विश्व फिजियोथेरापी दिवस २०२४ को अवसरमा सम्पूर्ण फिजियोथेरापी साथीहरूलाई म फिजियोथेरापिस्ट सुदिप धितालको तर्फबाट हार्दिक  शुभकामना ।

नेपाल फिजियोथेरापी संघ (NEPTA)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै