
१५ माघ , काठमाडौ । कामको खोजिमा विदेश जाने नेपालीको संख्या भारी मात्रामा बृद्धि भएपनि उनिहरुले नेपाल पठाउने रकम अवैध तरिकाले रकम भित्रिने क्रम बढेपछि रेमिट्यान्से पाँच वर्ष यताकै कम आएको छ । जबकी महामारीका बेलामा समेत यस्तो रेमिट्यान्समा १४ प्रतिशतले बृद्धि भएको थियो ।
स्वदेशमा काम नपाएर महामारी अघि दैनिक १८ सय युवायुवती कामको खोजिमा विदेशीने गरेका थिए । महामारी सुरु भएपछि भने रोजगारी गुमाएर कैयन युवायुवती स्वदेश फिर्ता भए । थप कामको खोजिमा जाने भने ठप्प जस्तै भयो । महामारीका कारण रेमिट्यान्स घट्ने कैयनको आकलन थियो । तर, यसरी विदेशबाट आउने रकम अर्थात रेमिट्यान्स भने भारी मात्रामा बृद्धि भयो ।
गत वर्षको मंसिर मसान्तसम्म ३ खर्ब ५२ अर्ब रकम रेमिट्यान्सको रुपमा मुलुकमा भित्रिएकामा यो वर्षको सोहि अवधिमा भने यस्तो रकम ७ दशमलव तीन प्रतिशतले घटेर ३ खर्ब २६ अर्ब कायम भएको छ । यो वर्षको पुषमसान्तसम्म आएको रकम ५ वर्ष यताकै कम हो ।
अवैध बाटोबाट मुलुकमा रेमिट्यान्स भित्रिएमा त्यसले मुलुकको शोधनान्तर स्थिती र विदेशी विनिमय सञ्चितीमा नोक्सान् पुराउँछ । तर, साच्चिकै यो रकममा गिरावट आएको हो भने चाहि यसले सामाजिक विकासमा समेत बाधा पुराउनेछ।
गत वर्षको मंसिर मसान्तसम्म ७ हजार ८ सय ४० जना नेपाली विदेश गएकोमा यो वर्षको सोहि अवधिमा यस्तो संख्या बढेर १ लाख ३१ हजार पुगेको छ । रेमिट्यान्सबाट आएको रकममा एक प्रतिशत बढि ब्याज दिने निति प्रभावकारी हुन सकेको छैन । सरकारले अब अन्य प्रयासहरु समेत चाल्नु पर्ने देखिएको छ।



