Comments Add Comment

Advertisment

SKIP THIS

सर्लाहीमा लागूऔषध बरामद्

२८ माघ , काठमाडौं । सर्लाहीको बरहथवामा ठूलो परिमाणमा लागूऔषध बरामद् भएको छ ।

शुक्रबार बरहथवा नगरपालिका–१७ श्रीपुर कटानीबाट १२ सय पिस नाइट्राभेट ट्याब्लेट बरामद् भएको सशस्त्र प्रहरी बल नेपाल १० नम्बर गण कविलासीले जनाएको हो ।

ना. ५५ प ९२८ नम्बरको मोटरसाइकलबाट लागूऔषध बरामद् भएको सशस्त्र प्रहरीका एसपी भरत खनियाँले जनकारी दिए । सशस्त्र प्रहरी सुरक्षा बेस सुन्दरपुर चोहर्वाको गस्ती टोलीलाई देख्ने बित्तिकै तस्कर लागूऔषध र मोटरसाइकल छाडेर भागेका थिए ।

बरामद लागूऔषध र मोटरसाइकल आवश्यक जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै