४ असोज, काठमाडौ । नेपाल प्रहरीले सिमरा बाराबाट ठुलो परिमाणमा भन्सार छली गरेर ल्याएकोको सामान बरामद गरेको छ ।
चार वटा ट्रकबाट ७७ लाख २७ हजार बराबरको भन्सार छलीको सामान बरामद गरिएको बाराका एसपी सुरेश काफ्लेले न्युज24ग्यालेक्सीलाई बताए ।
३ वटा ट्रक भन्सार छलीको सामान लिएर वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । हेटौंडबाट महोत्तरी जाँदै गरेको बा।२१ च ८९९७ नम्बरको पिकअपलाई अनलाइन बिल नभएका पाँच लाख बराबरका ५ ओटा गाई सहित नियन्त्रणमा लिइएको छ ।
वीरगन्जबाट आएका ट्रकमा भारतबाट आयात गरिएको सामान भेटिएको छ ।



