गुडिरहेको जीपमा ढुंगा खसेर लाग्दा तीनजनाको मृत्यु -
Comments Add Comment

गुडिरहेको जीपमा ढुंगा खसेर लाग्दा तीनजनाको मृत्यु

९ माघ , काठमाडौँ । ओखलढुंगामा गुडिरहेको जीपमा ढुंगा खसेर लाग्दा तीनजनाको मृत्यु भएको छ । सिद्धिचरण नगरपालिका ३ नारायणस्थानमा आइतबार बिहान बोलेरो जीप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका १ का १० वर्षीय युसव कोइराला, ७ वर्षीया युनिशा कोइराला र मानेभञ्ज्याङ गाउँपालिका १ का ३० वर्षीय हेम मगर रहेका छन् । को १ ज ३५६९ नम्बरको बोलेरो जीपमा बाटो माथीबाट ढुंगा खसेर लाग्दा दुर्घटना भएको हो पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।

दुर्घटनामा तीनको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । घाइतेहरूको ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment