ललितपुर प्रशासनले पनि लागू गर्यो ‘टाइम कार्ड’ -
Comments Add Comment

ललितपुर प्रशासनले पनि लागू गर्यो ‘टाइम कार्ड’

२२ पुष , काठमाडौ । जिल्ला प्रशासन कार्यालय ललितपुरले राष्ट्रिय परिचयपत्रका सेवामा ‘टाइम कार्ड’ लागू गरेको छ ।

प्रशासनले १९ पुसदेखि राष्ट्रिय परिचयपत्र वितरणमा टोकनसहित टाइमकार्ड प्रणाली लागू गरेको हो । प्रशासनका अनुसार हरेक दिन बिहान गेटमा टोकन वितरण हुन्छ भने बिहान १० देखि ११ बजेसम्म नागरिकता रुजु हुन्छ ।

त्यसपछि राष्ट्रिय परिचयपत्रको काम हुन्छ । प्रशासनका अनुसार अशक्त, अपांगता भएका र जेष्ठ नागरिकका लागि नागरिकताको रुजु र बायोमेट्रिकका लागि लाइन बस्नुपर्दैन ।

प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले कागजात र प्रक्रिया पूरा गरिसकेकालाई १० मिनेटभित्रै परिचयपत्र वितरण भइरहेको बबताए । ‘टाइम कार्ड’को व्यवस्था अन्य सेवामा पनि विस्तार गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment