Comments Add Comment

Advertisment

SKIP THIS

अनौठो रोगले ४५ भेडा मरे : जिल्लामा छैनन् पशु चिकित्सक

२९ मंसिर , काठमाडौ । ताप्लेजुङको सिदिङवा गाउँपालिका २ सादेवाका टोपबहादुर बुढाथोकी र हिमकुमार राई यतिबेला जीवनभरको मेहनत चौपट हुने त्रासमा छन् ।

सादेवा बस्तीका गोठमा ७ दिनमै २१ वटा भेडा मरिसके भने ८१ गर्भवती भेडाको गर्भ तुहियो । असोजदेखि भेडा मर्ने र गर्भपतन तुहिने समस्याले अहिलेसम्म सबै उमेर समूहका गरी ४५ वटा भेडा मरिसकेको बुढाथोकी बताउँछन् ।

रोग लागिसकेपछि भेंडाले दुईरतीन दिनसम्म केही नखाने, झोंक्राउने, पल्टिने र मर्ने गरेको राई बताउँछन । जन्मिएपछिका चाररपाँच महिने स–साना पाठादेखि ठूला माउसम्म मरिरहेको उनले बताए ।

भर्नेभन्दा गर्भ तुहिने भेडाको संख्या अधिक छ । पछिल्ला दिन दैनिक १०–१२ भेडाको गर्भ तुहिदा पनि रोगको पहिचान भइसकेको छैन । ‘हैजा फैलिएको हो कि भन्ने अनुमान छ,’ बुढाथोकीले भने । यहीं अनुपातमा भेडा मर्न थालेमा बस्तीका सबै सखाप हुने बुढाथोकीको चिन्ता छ । उनको गोठमा ३ सय ५० भेडा छन् ।

सिदिङवा गाउँपालिकाका प्रवक्ता कैलाश राईका अनुसार भेडा मर्न थालेपछि दुई जना पशु स्वास्थ्यकर्मीले सरुवा रोगविरुद्धको सुई लगाइदिएका थिए । यद्यपि समस्या समाधान भएन । ‘भेटनरी पढेका तीर्थ उप्रेती र सञ्जय कडरियाले गोठमै गएर सरुवा रोगको सुई लगाइदिए तर नियन्त्रण भएको छैन’ राईले भने । पशु ज्ञान केन्द्र ताप्लेजुङका पशु प्राविधिक अमित कुमार माझीका अनुसार मरेका भेडा हेर्दा मुटु सुन्निएको, मुटुमा रगत जमेको देखिन्छ। ल्याबमै भेडाको रगत परीक्षण गरेपछि केही रोग पहिचान हुन सक्ने उनले बताए ।

सिदिङवा गाउँपालिकाका प्रवक्ता राईका अनुसार गाउँपालिकाका पशु प्राविधिक पठाएर भेडाको रगत, दिशापिसावको नमुना संकलन गर्ने प्रयास भइरहेको छ । गाउँमा एक दुई भेडा मात्रै भएका गोठमा पनि यस्तो समस्या देखिन थालेको उनी बताउँछन् । जंगल, खर्कमा डुलाइने भेडा यतिबेला बस्तीमा झारिएको छ । सादेवा बाहिरका गोठमा भने अहिलेसम्म रोग नदेखिएको पशुपालक बताउँछन् । आफ्नो गोठमा अहिलेसम्म नदेखिएको तर सुनेर त्रसित भएको फुङलिङ नगरपालिका ११ फावाखोलाका गोपाल बिष्ट (अन्तरे)ले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै