२९ चैत , काठमाडौ । काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अत्यन्त चुनौतिपूर्ण कुरा हो । उपत्यकाको ट्राफिक व्यवस्थापन सबैको लागि चुनौतिको विषय बनेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुखका रुपमा आउने नयाँ प्रहरी अधिकारीले ट्राफिक अस्तव्यस्ततालाई कसरी सहज बनाउछन होला रु यो आम चासो र सरोकारको बिषय पनि ट्राफिक महाशाखाले हाक्ने प्रहरी अधिकारीको लागि उपत्यकाको ट्राफिक व्यवस्थापन मुख्य चुनौति हाकि रहेका ट्राफिक महाशाखाका प्रमुख एसएसपी उमेश राज जोशिको कार्यकाल कसरी अगाडि बढिरहेको छ त ?

काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापनको कमाण्ड समालेका एसएसपी उमेश राज जोशी नेपाल प्रहरीका एक अब्बल र निष्कलङ्क प्रहरी अधिकारी हुन । उनी कानुन कार्यन्वयन विधिको शासन र प्रहरी संगठनको निर्देशनमा अगाडि बढ्ने जोशी बढ्ता प्रचारप्रसारमा रुचि राख्दैनन् ।
एसएसपी उमेशराज जोशीले महानगरीय ट्राफिक प्रहरी महाशाखाको नेतृत्व सम्हालेको तीन महिना पुगेको छ । २३ पुसमा जोशीको महाशाखामा सरुवा भएको थियो। काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन चुस्तरदुरुस्त बनाउन ट्राफिक महाशाखा प्रमुखको ठूलो भूमिका रहन्छ । दिनहुँ लाखौंको संख्यामा सवारीसाधनहरु चल्ने भएकाले सोचेजस्तो सहज भने छैन।
हामीले उपत्यकाको ट्राफिक व्यवस्थापनको सन्दर्भमा एसएसपी उमेश राज जोशी सँग सम्बन्धित केही प्रतिनिधिमूलक विषय हामीले यो अंकमा पस्कदै छौ । एसएसपी जोशीले तिन महिनाको अवधिमा गरेका केही राम्रा कामको चर्चा न्युज२४ग्यालेक्सीले गरेको छ ।
एसएसपी उमेश राज जोशीले ट्राफिक प्रमुखको जिम्मेवारी सम्हाले पछि अहिले उपत्यकाको धेरै ठाउँमा ट्राफिक लाइटहरुको व्यवस्था गरिएको छ । ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरुले तिर्नुपर्ने जरिवाना रकम प्रभुपेको किअस्क मेसिनको प्रयोग गरि भुक्तानी गर्न सकिने व्यवस्थाको शुरूवात गरिएको छ ।
शहरी विकास मन्त्री रामकुमारी झाँक्री तथा महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी उमेश राज जोशी सहितको टोलीले २०७८ माघ १९ गते बुधबार धोविखोला करिडोरको अनुगमन गरि सडकका पेटिमा राखिएका अवरोध हटाएको, निर्माण सामग्री हटाएर फुटपाथ सफा गरेको । काठमाडौंका मुख्य सडकमा सवारी साधनको चाप बढ्न थालेसंगै सवारी व्यवस्थापनलाई थप सहज र सहयोगको लागि निर्माण गरिएका विभिन्न नदिका दायाँ वायाँ सडक करिडोर निर्माण गरेको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका सडकमा राखिएका सबै सडक डिभाइडरहरू पखाल्ने अभियान सुरु गरेको, धुलोका कारण सडकमा राखिएका डिभाइडरहरू मैलो देखिएको र रातको समयमा चम्किलो नहुने हुँदा दुर्घटना बढेको भन्दै डिभाइरलाई सफा र चम्किलो बनाइ राख्नको लागि अभियान नै सुरु गरेको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत मधु खत्रीको दुवै मृगौला फेल भएर उपचारमा खर्च जुटाउन असहज भईरहेको अबस्थामा ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशीको बिशेष सक्रियतामा संकलित तीनलाख सतहत्तर हजार पाँचसय नब्बे रुपैंया सहयोग स्वरुप रकम हस्तान्तरण गरेको हो ।
काठमाडौँ उपत्यकामा ४६ स्थानमा जडान गरिएका ट्राफिक लाईटका उचाई एकरूपता (क्तबलमबचम) को लागि प्रनाउको कमाण्डमा समिति गठन गरी प्रविधिक टोलीद्धारा नापजाँच गरिएको । ट्राफिक लाइट (बत्ती) को उचाइसम्बन्धी मापदण्ड नहुँदा सवारी दुर्घटना बढ्ने गरेको चालक पनि अनाहक कारबाहीमा पर्ने गरेका, विशेष गरी अग्लो सवारीसाधनका पछाडि रोकिएका साना सवारीका चालकले टाढैबाट स्पष्ट रूपमा बत्ती देख्न नसक्ने जस्ता विभिन्न समस्याहरूको सामधानका लागि ट्राफिक बत्तीको मापदण्ड निर्धारण गर्न खोजिएको थियो ।
विगतको भन्दा देखिने गरि उपत्यकाको ट्राफिक व्यवस्थापनमा सुधार भएको साथै वर्षौ देखि बिग्रिएका धेरै स्थानका ट्राफिक लाइटहरु मर्मत तथा नयाँ जडान गरि धेरै ठाउँमा ट्राफिक लाइटहरु सञ्चालन तथा सीसीटीभी, गोप्रो क्यामेरा,सर्भिलेन्स भेइकल,ब्रेथलाईजर, लेजर गनहरूको अधिकतम प्रयोग गरी प्रविधिमैत्री ट्राफिक व्यवस्थापन जोशिको अग्रसरता भएका परिवर्तनहरु चर्चा मैत्रीपुर्ण छ ।
उपत्यका ट्राफिकमा १५०० जनशक्ति र ४४ वटा युनिट खटेर यहाँको व्यवस्थापनलाई चुस्त बनाउने, हरेक चोकको आवागमनलाई सहज बनाउने काममा एसएसपी उमेश राज जोशी लागिराखेका छन् ।
उपत्यकाका तीन वटा जिल्ला काठमाडौं भक्तपुर, ललितपुरको ट्राफिक व्यवस्थापनको जिम्मेवारी ट्राफिक महाशाखाले लिन्छ । ट्राफिक महाशाखाका प्रमुख एसएसपी उमेश राज जोशिका अनुसार ट्राफिक व्यवस्थापनका लागि उपत्यकामा प्रहरी अधिकृतदेखि जवानसम्म गरी १ हजार ५ सय ४५ जना खटिएका छन् ।



