११ भदौ , काठमाडौ । अस्थायी प्रहरी पोष्ट फत्तेपुर ख को नबनिर्मित भान्सा घर प्रतिक्षालय र प्रहरी बिटको एक कार्यक्रमका बिज जिल्ला प्रहरी कार्यालय बाके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले उद्घाटन गर्नु भयको छ ।

उहाले प्रहरी लाई यति धेरै माया गरेर गत साल यस्तो राम्रो घर र अहिले भान्सा, घर ,प्रतिक्षालय र प्रहरी बिट बनाई दियको मा धन्यावाद दिनु भयको थियो ,नेपाल प्रहरीले जनतासंग नजिक भयर काम गर्नकै लागि विभिन्न कार्यक्रम हरुलियर काम गरेको भयतापनि पनि यहाँको प्रहरी र जनता बिचको सम्बन्ध बाके जिल्लामा मात्रै नभयर नेपाल अधिराज्य कै नमुना भयको बताउनु भयो ।

जसरी जनताले आफ्नो घर नबनाई प्रहरीलाई घर ,भान्सा घर ,प्रतिक्षालय ,प्रहरी बिट बनाई दिनुका साथै अन्य सामाग्री हरु उपलब्ध गराई सुधिधा सम्पन्न घर बनाईदिनु भयको छ अब प्रहरी ले जनता लाई यशको गुन तिर्नु पर्ने बताउनु भयको थियो ,उक्त कार्यक्रम को अध्यक्षता राप्ती सोनारी गाउँ पालिका पाड न ६ का वडा अध्यक्ष जनक बहादुर थारु ले गर्नु भयको थियो भने उक्त कार्यक्रम संचालन अस्थायी प्रहरी पोष्टका ईन्चार्ज प्रहरी सहाय निरिक्षक जंग बहादुर महत क्षेत्री ले गर्नु भयको थियो


