Comments Add Comment

Advertisment

SKIP THIS

कोरोना संक्रमणका बेला उड्डयन प्राधिकरणले कमायो मुनाफा

२४ पुष , काठमाडौ । कोरोना–१९ महामारीका कारण मुलुकको आर्थिक र सामाजिक क्षेत्रमा असर प¥यो । विशेषगरी अर्थतन्त्रको महत्वपूर्ण आधारमध्येको पर्यटन क्षेत्रमा त नराम्रो असर पर्‍यो । पर्यटन क्षेत्रमा पनि सबैभन्दा बढी एयरलाइन्स र होटल क्षेत्र प्रताडित भए पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले भने मुनामा कमाएको छ ।

प्राधिकरणको वार्षिक प्रगति प्रतिवेदनअनुसार आब ९२०७७÷७८ मा प्राधिकरणको आय विमानस्थल विकास शुल्कबाहेक दुई अर्ब सात करोड ३२ लाख प्रक्षेपण गरिएकामा ५७ करोड ४५ लाख अर्थात् २७ दशमलव ७१ प्रतिशतले बढ्न गई दुई अर्ब ६४ करोड ७७ लाख आम्दानी भएको छ ।त्यसैगरी विमानस्थल विकास शुल्कतर्फ ६० करोड २८ लाख प्रक्षेपण गरिएकामा यथार्थमा २९ करोड ३२ लाख अर्थात् ४८ दशमलव ६४ प्रतिशतले घट्न गई ३० करोड ९६ लाख आम्दानी भएको छ ।

आव २०७५÷७६ मा नौ अर्ब एक करोड १८ लाख रहेको प्राधिकरणको कूल आम्दानी कोरोनाको असरले गर्दा आव २०७६÷७७ मा करिब २९ प्रतिशतले घट्न गई छ अर्ब ३७ करोड ४९ लाख पुगेको छ । आव २०७७÷७८ को कूल आम्दानी आव २०७५÷७६ को तुलनामा करिब ६७ प्रतिशतले न्यून अर्थात् रु दुई अर्ब ९५ करोड ७३ लाख पुगेको छ ।

आव २०७७÷७८ मा प्राधिकरणको पुँजीगत खर्चतर्फ ३० हजार ६४ करोड ४८ लाख, कार्य सञ्चालनमा तीन अर्ब ५६ करोड ६० लाख, आयकर तथा अन्य खर्च छ अर्ब ८९ करोड ९५ लाख गरी जम्मा ४१ अर्ब ११ करोड तीन लाख व्यय अनुमान गरिएकामा पुँजीगत खर्च रु ११ अर्ब ३६ करोड २८ लाख, कार्यालय सञ्चालन खर्च दुई अर्ब ७५ करोड ९२ लाख र आयकर तथा अन्य खर्च दुई अर्ब ७० करोड १८ लाख गरी जम्मा १६ अर्ब ८२ करोड ४८ लाख खर्च भएको छ ।

चालू आव का लागि पँुँजीगत खर्चतर्फ ३२ अर्ब तीन करोड ५५ लाख र कार्य सञ्चालनतर्फ रु चार अर्ब १० करोड ८४ लाख गरी जम्मा रु ३६ अर्ब १४ करोड ३९ लाख विनियोजन गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै