२४ असोज , काठमाडौ ।  नेपालमा सबैभन्दा महत्वपूर्ण रुपमा मनाइने चाडबाडहरुमा दशैं पनि एक हो । यसको महत्व धेरै पक्षहरुसँग सम्बन्धित छ ।

यो चाड सवै वर्ग,उमेर, समूह तथा समुदायका मानिसहरुद्धारा भब्यरुपमा मनाइन्छ । दशैंलाई पारिवारिक पुनर्मिलन, आशिर्वाद लिनेदिने र विश्वासको चाडको रुपमा पनि लिइन्छ ।

ऐतिहाँसिक,साँस्कृतिक तथा धार्मिक महत्वः दशैं विशेषगरी हिन्दुहरुको महान चाडको रुपमा रहेको पाइन्छ । तथापी हाल अन्य धर्मावलम्बीहरुले पनि यसमा आस्था राख्दछन् ।

नेपालको कानुनी ब्यबस्थामा पनि केहि कुराहरु हिन्दु परम्परा र संस्कृतिलाई मान्यता दिएको पाइन्छ । यो पर्व विशेष गरी हिन्दुहरुको आस्थाकी देवी दुर्गाले दैत्य राजा महिषाुरशुरमाथि देवी दुर्गाले विजय प्राप्त गरेको दिन र खराव कामप्रति विजयको प्रतिकको रुपमा मनाइँदै आइएको छ । यसले दैवी शक्तिको विजयलाई प्रतिनिधित्व गर्दछ । तसर्थ ठूलो धार्मिक पर्वको रुपमा लिइन्छ उक्त पर्वलाई ।

सामाजिक सद्भाव तथा पारिवारिक मिलनः विभिन्न वाध्यताले लामो समयसम्म विदेशीएका आफन्तजन तथा परिवारका सदस्यहरु एकसाथ जमघट भई जीवनमा सुख दुूःखको अनुभूति साटासाट गर्ने तथा विगतमा भएका घटनाक्रमहरुहरुको समीक्षा गरी सुन्दर भविश्यको रुपरेखा तय गर्ने पर्वको रुपमा पनि हेरिन्छ ।

अर्कोतिर टोल छरछिमेकी तथा समाजमा एकआपसमा सानातिना कुराहरुले बाझिएको मन पनि यही पर्वले सामाजिक सद्भाव तथा मेलमिलापको वातावरण सिर्जना गरिदिन्छ । त्यस कारणले पनि यो पर्वको महत्व अधिक रहेको पाइन्छ ।

परम्परागत अनुष्ठानः दशैंमा घरायसी देवीदेवताहरुको पूजा गर्ने, ठूलाबडा तथा मान्यजनहरुबाट आशिर्वाद लिने, देवीदेवतालाई बली चढाउनेलगाएत विभिन्न अनुष्ठानहरु हुन्छन् ।

यस्ता चलनहरुले धार्मिक तथा सांस्कृतिक परम्परालाई कायम राख्न मद्यत गर्दछन् । हाम्रो जस्तो तेस्रो विश्वका मुलुहरु विदेशी पश्चिमी साँस्कृतिक साम्राज्यवादको मनोभावनामा विलाउन खोजेको भनिएता पनि हाम्रो समाजले अभै पनि आप्नै विविध सांस्कृतिक मान्यतालाई भने त्यागेको छैन ।

अष्टमी र नवमीको दिनमा देवीदेवताको लागि हिन्दु मठमन्दिरमा पशुवली चढाउने तथा घरघरमा पनि वली चढाउने चलन रहेको छ । यसलाई भवानी दुर्गालाई सम्मान गरेको र पशुलाई पनि पापबाट छुट्कारा दिई मुक्ति प्राप्त गर्ने दिनको रुपमा रहेको भन्ने मान्यता छ

आकर्षक माहोलः दशैंको मूख्य आकर्षक मध्येको एक पूmलपातीको दिन पनि हो जन सातौं दिनमा पर्दछ । यस दिन गोरखाबाट काठमाडौ हनुमान ढोकामा पवित्र फुुलपाती, धुपधिप तथा नैबेद्य भित्र्याउने चलन छ । जुन नेपालको लागि एक ऐतिहासिक परम्परा हो । आठौं नवौं दिनलाई महाअष्टमी र महानवमी भनिन्छ ।

उक्तपर्वले वरिपरिको आकाशमा रंंगिन चंगाहरु उडाउने, घर—आँगन सफासुग्घर राख्ने तथा खर्चको जोगो गर्ने, नयाँ कपडाहरु प्रयोग गर्ने, जताततै विभिन्न साँस्कृतिक परम्परा अनुसार नृत्य तथा विभिन्न साँगितिक मोडहरु सिर्जना गर्ने आदि कारणले पनि यसको महत्व निकै देखिन्छ । जसले गर्दा नेपालको सामाजिक, धार्मिक तथा साँस्कृतिक महत्वलाई उजागर गरेको महशुस हुन्छ ।

यस पर्वमा हरेक घरघरमा मीठा मीठा खानाका स्वादिष्ट परिकारहरु बनाइन्छ र परिवारजनमा एक किसिमको सौहाद्रताको वातावरण पैदा भएको पाइन्छ । दशमीको दिन टाढा टाढाबाट आफन्तजनको जमघट भई आफुभन्दा मान्यजनको हातबाट टिका ग्रहण गरिन्छ । जुन आशिर्वादले वर्षभरी आप्mनो मनोकाँक्षा पुरा हुने धार्मिक मान्यता रहको छ ।

यसको साथै यो पर्वले नेपालको कृषि क्षेत्रलाई पनि विशेष रुपमा समेटिएको पाइन्छ । किनकी, नेपालको अर्थतन्त्रलाई कृषिको महत्वको रुपमा स्वीकार गरेको छ यो पर्वले ।

यसरी नेपालमा मनाइने हिन्दुहरुको महान चाड दशैंले एकातिर हर्षोल्लास र मनोरञ्जन प्रदान गरेको छ भने अर्कोतिर दीन दुखीहरुको घरआगनको कथा व्यथा भने विचित्रलेबढो दर्दनाक स्थितिमा रुमलिएको पाइन्छ ।

वास्तवमा नेपाल एक कृषिप्रधान देश हो र यहाँका अधिकाँश मानिसहरुको आयआर्जनको मूख्य श्रोत भनेको कृषि र प्रायः विदेशको कमाई नै हो । अर्थात् देशको अर्थतन्त्र रेमिटेन्समा नै धानिएको छ भन्ने तथ्य गतवर्षको तुलनामा यो वर्षको रेमिटेन्स करिब १७ प्रतिशतले बढेको तथ्याँकबाट पनि पुष्टि हुन आउँछ ।

खात त स्वदेशमा न त मनग्य रोजगारको व्यबस्था छ, न त कुनै व्यपार तथा व्यबसाय गर्ने वातावरण नै । भएका उद्योग धन्दा तथा व्यपार ब्यबसायहरु प््राायः विदेशीको पकडमा छन् । सानातिना उद्योगधन्दाहरु आर्थिक मन्दीका कारण उत्पादनशील नभई उत्पादनहीन अवस्थामा पुगेका छन् ।

कृषि क्षेत्र अभै पनि परम्परागत खेती प्रणालीमा आधारित छ । सरकारी जागिरको हकमा हजार जनामा २ जना लोटेरी परेजस्तो कल्पनामा सीमित मात्र हो चाहे जतिसुकै एकेडेमिक भए पनि । तसर्थ यहाँका प्रायः जनता अभैm पनि गरिबीका रेखामुनी जीवन जिउन वाध्य छन् । फेरि एकातिर पश्चिमाहरुको सांस्कृतिक प्रभावले गरिब नेपालीहरुलाई अनेकोै नयाँ नयाँ फेसन तथा प्रविधिले लोभ्याएको छ र परिवारमा एक जना कमाउने, सात जना रमाउने वातावरण भएपछि आर्थिक भार त्यसै पनि पर्ने नै भयो ।

तसर्थ यस्तो अवस्थामा हाम्रा विभिन्न चाडवाडहरु र समाजको भड्किलो प्रबृत्तिले गरिव जनताको लागि यो चाड दशै भन्दा पनि दशा हुने स्थिति सिर्जना हुन्छ ।

किनकी एक छिमेकीको भड्किलो संस्कारले अर्को छिमेकीको मन पनि कटक्कै हुन्छ र समाजमा देखाउनकै लागि भए पनि ऋण खोजेर चाडवाड मनाउन बाध्य हुन्छन् । अझ तिज पर्व मनाउँदा एक महिनादेखि नै दर खाने नाममा अनेकौं मंहगा मँहगा लुगा तथा गहनामा सजिएर सान तथा रवाफ देखाउन पर्ने हाम्रो जस्तो पिछडिएको समाजमा हरेक चाडवाडले खुशी, मिलन तथा सद्भावको वातावरण सिर्जना गरेपनि अर्कोतिर दुःखको चपेटामा जेलिएको थाहै हुँदैन ।

तसर्थ ऋण खोजिखोजि अर्काको खुशीको लागि मनाउनु भन्दा यस्ता पर्वहरुलाई मितव्ययी रुपमा, समाजलाई पनि नभड्काउने तरिकाले आप्mनो गच्छ्ेअनुसार मनाउन सकियो भने पारिवारिक सद्भाव बढ्नुको साथै अनेकौ ऋणको भारबाट पनि मुक्त हुन सकिन्छ र अन्यथा चाडवाडको नाममा एकातिर खुशी छाए पनि सो पर्व सकिएको भोलीपल्ट निदारमा हात लगाउनुको विकल्प के त ?

यसमा सरकार तथा सरोकारवाला सवैजना चाडवाडको नाममा भएका र हुने गरेका यस्ता विकृत्ति र विसंगती विरुद्ध सजग हुनु जरुरी छ ।

तसर्थ यसलाई धार्मिक चाडवाड र संस्कृति जोगाउने पर्वको रुपमा मात्र नलिई केही हाम्रा परम्परागत बिकृत्ति र विसंगतिहरुलाई समय र परिस्थिति अनुसार परिमार्जन गर्दै लैजानुपर्ने आजका शिक्षित वर्गको दायित्व पनि हो जसले गर्दा हुँदा खाने र हुने खानेविचमा स्वभावैले भड्किलो पन नआवस र एक आपसमा एकता, प्रेम, भाइचाराको प्रबृत्ति तथा सम्मानको मूल्यहरुलाई बलियो बनाउँदै लैजानुपर्दछ । यो रमाइलो मात्र नभएर देशको साँस्कृतिक समृद्धि र आध्यात्मिक गहिराइको सम्झना पनि हो । सवै जना सँधैभरी हाँसि खुशी रहने मान्यताको रुपमा पनि यसलाई लिन सकियोस । शुभकामना ।

  • खिमराज गिरी