Comments Add Comment

Advertisment

SKIP THIS

”भत्केको घरको बिग्रेको चाल” (खिमराज गिरी)

.(खिमराज गिरी)
अहिले देशको राजनीतिक अवस्था फेरिपनि बिग्रदो स्थितिमा छ । अव तीनै तहको चुनाव नजिकिदै गर्दा आउँदो बैशाख महिना भित्र पहिला स्थानीय तह र त्यसपछि आउंँदो मंसिरमा प्रदेश र संघको चुनाव गर्नै पर्ने संबैधानिक बाध्यता छ ।

तर गठजोड सरकारका नेताहरु देशको आर्थिक, सामाजिक तथा राजनीतिक स्थिति झन बिगृदो अवस्थामा भए पनि उनीहरु भने फेरिपनि सत्ता प्राप्तीको खेलमा आ आफ्नै स्वार्थमा फुटवल खेल्ने दाउमा छन । प्रचन्ड र माधवको दाउ छ , पहिला संघीय चुनाव गराउन पाइयो भने गठजोड भएको बेला भागमा बिलो अलि आउँछ र कम्सेकम जनताको अगाडि साख त बलियो हुन्छ ।

अनि एमसीसी पनि छलिने, पछि स्थानीय चुनावमा आफुनुकूलको रणनीति तय गर्न सकिने । उता शेरबहादुर देउवा भने स्थिति जेसुकै भएपनि सत्ताको बागडोर सम्हालिराखेका छन र ढुक्क छन कि, कम्युनिस्टको बिग्रह शुरु भइसकेको यो अवस्थामा भैंसीले पाडो या पाडी जे पाए पनि बेगुती खाने नै हो । यता एमालेको अडान छ , संबिधान बमोजिम तोकिएको समयमा नै स्थानीय, प्रदेश र संघको चुनाव गराउनै पर्छ भन्ने अन्यथा बिगतमा उसलाई गठजोडले सताएकै थियो ।

राजनीति शास्त्र र इतिहासको बिद्यार्थी भएको नाताले पनि पढेको कुरा सम्झना आउछ कि, बिगतको युरोपको राजनीतिमा जर्मनका हिटलरको क्रुरता र उनका सहयोगी गोयबल्सको प्रचार शैली, इटालीमा नाजीबाद, रुसमा जार शासकको अत्याचार कयौं वर्ष एशियान रास्ट्रहरु बेलायतको दास बने भने अफृकन रास्ट्रहरु फ्रान्सको तर तत्कालिन समयमा कसैको दास नभएको नेपाल जब जापाानको हिरोसिमा र नागासाकीमा बम गिराइयो तब यहाँका जनताहरुको रास्ट्रप्रतिको अगाध माया र आफ्नो कार्य कौशलताको प्रदर्शनले तत्कालीन समयमा नेपालभन्दा कमजोर रास्ट्र आज कहाँपुग्यो तर हामी नेपाली, हाम्रो समाजको संकृण सोचाई , हाम्रो राजनीतिक संस्कार , दलाल पूँजिवादी ब्यबस्था, गणतन्त्रको नाममा लुटतन्त्र , कयौं नेपालीको जनजीवन अझै अस्तब्यस्त तर भ्रस्टाचारको गति झन तीब्र, मंहगीले आकाश छुँदासमेत गुमनाम गठजोड सरकार आदिको कारणले हाम्रो दिनचर्या यस्तै भइराखेको छ ।

९८५११९२०८८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

भ्रष्टाचारको दुष्चक्रः दोषी को ?

दशैं पर्वको महत्वसँगै विकृत्ति पनि

सुधार गर्न नसकिएको शिक्षा क्षेत्र !

सबै जना सजग हुनु जरुरी छ !

Advertisment

छुटाउनुभयो कि? सबै

नेपालका बुद्दिजीवी लेखकहरु !

सुधार गर्न नसकिएको शिक्षा क्षेत्र !

नेपालको अवस्था किन यस्तो ?

दशैं पर्वको महत्वसँगै विकृत्ति पनि