Comments Add Comment

Advertisment

SKIP THIS

‘तपाईंको मास्क खोई ?’ अभियान : १० लाख ७८ हजार बढीलाई मास्क वितरण

१७ भाद्र , काठमाडौ । कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई  ?’ अभियान अन्तर्गत पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ८६ जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ ।

अभियान अन्तर्गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा १० लाख ७८ हजार ३ सय ९ जनालाई निस्शुल्क मास्क वितरण गरिएको प्रहरीले जनाएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारा सहित ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको छ ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ४१ जनालाई ४ हजार १ सय रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै