नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तीमगर वैवाहिक बन्धनमा बाँधिए -
Comments Add Comment

Advertisment

SKIP THIS

नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तीमगर वैवाहिक बन्धनमा बाँधिए

काठमाडौं : नेपाली राष्ट्रिय टिमका फरवार्ड विमल घर्तिमगरले विवाह गरेका छन्। उनले आइतबार सामाजिक सञ्जालमार्फत् प्रेमिका लिना प्रधानसँग विवाह गरेको तस्बिर सार्वजनिक गरेका हुन्।

यसअघि मछिन्द्र क्लबका फरवार्ड विमलले गत साता एएफसी कपअन्तर्गत भुटानको पारो एफसीसँगको खेलपछि आफ्नो गोल प्रेमिका प्रधानलाई समर्पित गरेको बताएका थिए। सो खेलमा मछिन्द्र ३-२ गोलले विजयी भएको थियो।

विमलले दुई वर्षअघि लिनासँगको सम्बन्ध सार्वजनिक गरेका थिए।

सो सिजन सिजनका लागि मछिन्द्र क्लबमा आवद्ध भएका विमलले सामाजिक सञ्जालमा एउटा फोटो राखेर विमलले लिनासँगको सम्बन्ध सार्वजनिक गरेका थिए।

लिनाले आफ्नो फेसबुक खातामा ‘रिलेसनसिप विथ विमल घर्तिमगर’ राखेकी थिइन्।

त्यतिबेला लिना माल्दिभ्समा बस्ने गर्थिन्। उनी माल्दिभ्सको सोनेभा जानी रिसोर्टको फन्ट अफिस टिम लिडरको रूपमा कार्यरत थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै