Comments Add Comment

Advertisment

SKIP THIS

११ हजार विद्यार्थी जापान जान नपाएपछि दूतावास अगाडि धर्ना

१४ माघ, काठमाडौ । जापानमा अध्ययनका लागि भिसा प्रदान गरिसकेपछि पनि आफूहरुलाई लामो समयसम्म रोकेकोप्रति असन्तुष्टि जनाउँदै नेपाली विद्यार्थीहरुले काठमाडौँस्थित जापानी दूतावासमा धर्ना दिएका छन् । विद्यार्थीहरुले शुक्रबार पानी पोखरीस्थित दूतावास अगाडि धर्ना दिएका हुन् । विद्यार्थीहरुले प्रतिबन्ध फुकुवा गर, आखिर कहिले खुल्छ जापानलगायत नारा लेखिएका प्लेकार्ड बोकेर दूतावास अगाडि शान्तिपूर्ण धर्ना गरेका थिए।

धर्नामा सहभागी भएका विद्यार्थीले पछिल्लो समय जापानले विद्यार्थीबाट इन्टेक अनुसारको शुल्क लिने तर प्रवेश प्रतिबन्ध कायम नै राखेर विदेशी विद्यार्थीको शैक्षिक करियरमाथि खेलबाड गरेको आरोप लगाएका छन्। “सबै प्रक्रिया पूरा गरेर उच्च( शिक्षाको लागि जापानका विभिन्न कलेज तथा विश्वविद्यालयको योग्यताको प्रमाण पत्र ९सिओई० र भिसा समेत पाइसकेपछि पनि अध्ययनका लागि जापान प्रवेशमाथिको प्रतिबन्ध कायमै रहेकोले अन्याय भएको महसुस गरेर आज धर्ना दिन उपस्थित भएका हौँ,” धर्नामा सहभागी एक विद्यार्थीले बताए। ती विद्यार्थीका अनुसार करिब ११ हजार जनाले सिओइ पाएर पनि जापान जान पाएका छैनन् ।

कोरोना संक्रमणको खतराको कारण देखाउने विगत दुई वर्षदेखि नयाँ विद्यार्थीलाई प्रवेश नदिइएको विद्यार्थीले जनाएका छन्। उनीहरुका अनुसार रसिया, जर्मनी, बेलारुस, चीन, मलेसिया लगायतका अन्य २४ देशका विद्यार्थीहरुले पनि प्रतिबन्ध खुलाउन माग गर्दै विरोध प्रदर्शन गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै