सिरहा प्रहरीकाे सफलता : लागूऔषध सहित ३ पक्राउ -
Comments Add Comment

सिरहा प्रहरीकाे सफलता : लागूऔषध सहित ३ पक्राउ

६ असार , काठमाडौं । प्रहरीले ठुलो परिमाणमा लागूऔषधसहित दुई भारतीय र एकजना नेपालीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाले दुई हजार थान भन्दा बढि विभिन्न लागूऔषधसहित उनीहरुलाई आईतबार राती पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार आईतबार राती ११ बजे इलाका प्रहरी कार्यालय लहान सिरहाबाट डीएसपी कुमारप्रसाद मैनालीको नेतृत्वमा खटिएको प्रहरी टोलीले विशेष सुचनाको आधारमा लहान नगरपालिका–८ स्थितमा मोहम्मद । अफजतले संचालन गरेको आल्मुनियम पसल तथा दयाराम ठाकुरको घरमा खानतलासी गर्दा ठुलो परिमाणमा लागूऔषध बरामद भएको हो ।

प्रहरीका अनुसार पक्राउ परेका भारत मधुवनी जिल्ला, पंचायत राजनगर थाना फेरण श्रीपट्टी ७ घर भई हाल लहान नगरपालिका–५ बस्ने मोहमद अखतरले आल्मुनियम पसललाई लागूऔषध कारोबारको अड्डा बनाएका थिए । यस्तै उनलाई भारत मधुवनी जिल्ला, ग्राम पंचायत खरियोग थाना पिप्राही धर्मेन्द्र कुमार ठाकुर र स्थानीय गौतम ठाकुरले साथ दिइरहेका थिए ।

प्रहरीले उनीहरु तीनैजनालाई नियन्त्रणमा लिएको छ । घटनास्थलबाट फेनरागन ६४५ एम्पुल, डाईजिल्याव ६४५ एम्पुल, व्युप्रिनोर्फिन ६४५ एम्पुल, नाईट्राभेट ४८० ट्याब्लेट, डाईलेक्स डिसी ४३९ बोतल, स्पामोप्रोक्सिभिन ४३२ ट्याब्लेट बरामद भएको छ ।

प्रहरीले घटनामा प्रयोग भएको ज. १ प ४७५८ नम्बरको मोटरसाईकल, नेपाली रुपैयाँ ४३,५०० र तीनथान मोबाइल समेत बरामद गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै