Comments Add Comment

Advertisment

SKIP THIS

ज्यानभन्दा ठूलो भीआईपीको सवारी हुँदैन : निश्चल बस्नेत

२८ भाद्र , काठमाडौँ । भीआईपीको सवारीका कारण आज भएको राजधानीमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेपछि फिल्म निर्देशक निश्चल बस्नेतले ट्राफिकले एम्बुलेन्सलाई रोक्नु गलत भएको बताएका छन् ।

सामाजिक संजाल फेसबुकमा स्टेटस लेख्दै उनले ज्यानभन्दा ठूलो सवारी कुनै भीआईपीको नहुने बताउदै विरोध गरेका छन् । उनी लेख्छन्, ‘कसैले ती भीआईपीलाई सुनाइदिनु । तिम्रो सवारीमा बाधा नपुगोस् भनेर हाम्रा भीआईपीहरुले एम्बुलेन्सभित्र छटपटाइरहेको ज्यान समेत दाउमा राखेका छन् । जति नै ठूलो मान्छे आए पनि ट्राफिकले एम्बुलेन्सलाई रोकिन दिनुभएन, ज्यानभन्दा ठूलो सवारी कुनै भीआईपीको हुनु हुँदैन ।’

चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु यतिबेला चारदिने नेपाल भ्रमणमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै