४ जेठ, काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

शीतल निवासमा साढे ७ बजेदेखि भेटवार्ता जारी रहेको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दियो । भेटवार्तामा मन्त्रिपरिषद् बैठकका निर्णयको जानकारी, सरकारले संसद् अधिवेशन आह्वान गर्ने तयारी लगायतका विषयमा छलफल भएको बताइएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नीति तथा कार्यक्रमअगावै प्रधानमन्त्री ओलीले विश्वासको मत लिने छलफल पनि भइरहेको जानकारी दिनुभएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि विश्वासको मत प्राप्त नगरी सरकारले बजेट ल्याउन नमिल्ने बताइरहेको छ ।