Comments Add Comment

Advertisment

SKIP THIS

मकवानपुरमा एकाबिहानै शंकास्पद वस्तु फेला

३० बैशाख , काठमाडौं । मकवानपुरको कामानेमा शंकास्पद वस्तु फेला परेको छ । स्थानीय तह निर्वाचनको बिहानै हेटौंडाको कमानेमा शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ र ८ को सिमनास्थित कमाने फाएरलाईनमा उक्त शंकास्पद बस्तु देखा परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।

शंकास्पद वस्तु फेला परेको जानकारी पाएलगत्तै सो क्षेत्रलाई शिल गरिएको उनले बताए । उक्त शंकास्पद वस्तु डिस्पोजको तयारी भइरहेको उनले बताए । सो शंकास्पद वस्तु डिस्पोजको लागि नेपाली सेनाको टोलीलाई बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै