Comments Add Comment

Advertisment

SKIP THIS

कालीकोटको चिसापानीमा जिप दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु

काठमाडौं : कालीकोटमा जिप दुर्घटना भएको छ। शनिबार राति साढे ११ बजे शुभकालिका गाउँपालिकाको चौकी बजारबाट हाउडी आउँदै गरेको लु १ च८४९८ नम्बरको डबल क्याप जिप वडा नम्बर ६ चिसापानीमा दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुबराज बमका अनुसार जिप सडकबाट अन्दाजी डेढ सय मिटर तल खसेको छ।

दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा जिप चालक स्थानीय ३० वर्षीय हर्क विक, शुभकालिका गाउँपालिका वडा नम्बर ८ का म ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले घर भएका अन्दाजी २५ वर्षीय गोपाल सलामी मगर रहेको इन्सपेक्टर बमले बताए।

दुर्घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कालीकोटबाट प्रहरी निरीक्षक यज्ञराज बमको नेतृत्वमा प्रहरीको टोली त्यसतर्फ गएको इन्सपेक्टर बमले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै