Comments Add Comment

Advertisment

SKIP THIS

जेलमा रहेका तुलसी सहकारीका अध्यक्ष शर्मासँग संसदीय समितिद्धारा सोधपुछ

२७ साउन , काठमाडौ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले कारागारमा रहेका तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मासँग सोधपुछ गरेको छ ।

शनिबार सिंहदरवारमा बसेको बैठकमा समितिले नख्खु कारागारमा रहेका शर्मालाई बोलाएर सहकारीको रकम दुरुपयोगको विषयमा सोधपुछ गरेको हो ।

तुलसी सहकारी मार्फत बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेका शर्मा २० भदौ २०८० देखि कारागारमा छन् ।

सो सहकारीले बचतकर्ताले करिब ७८ करोड रुपैयाँ हिनामिना गरेको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै