Comments Add Comment

Advertisment

SKIP THIS

गठबन्धनका उम्मेदवारद्वारा प्राध्यापकमाथि निर्घात कुटपिट

२६ बैशाख , काठमाडौं । बैतडीको डिलासैनी गाउँपालिकामा अध्यक्षका उम्मेदवार लोकेन्द्र राना सितलको टोलीले स्थानीय क्याम्पसका प्राध्यापकमाथि निर्घात कुटपिट गरेको छ ।

पुर्चौडी बहुमुखी क्याम्पसका प्राध्यापक रामदत्त जोशीमाथि उम्मेदवार रानासहित प्रचारमा हिँडेका कार्यकर्ता विरेन्द्र रानालगायतका व्यक्तिले कुटपिट गरेका हुन् । डिलासैनी-५ बिनाबस्ती घर भएका शिक्षक जोशीको कुटपिटबाट खुट्टा भाँचिएको छ ।

कुटपिटबाट जोशीको खुट्टामा गम्भीर चोट लागेको उनका भाई दिपकराज जोशीले बताए । कुटपिटमा संलग्नहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने उनीहरूलाई स्थानीयले दुई घण्टा घेराउ गरेका थिए ।

प्राध्यापक जोशी स्वतन्त्र उम्मेदवार सन्तोष जोशीको प्रचार गरिरहेको भन्दै विवाद भएको हो । शिक्षकले प्रचारमा हिड्‌न नहुने भनेपछि विवाद भएको भनिए पनि गोरु जोत्ने मान्छे खोज्न हिँडेका बेला कुटेको पीडित पक्षको भनाइ छ ।

कुटपिटमा संलग्न गाउँपालिका अध्यक्षका उम्मेदवार राना नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य हुन भने उनी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका साझा उम्मेदवार हुन् ।

कुटपिटमा संलग्न व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने पीडित पक्षबीच गोकुलेश्वर प्रहरी चौकीका छलफल भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै