Comments Add Comment

Advertisment

SKIP THIS

धनुषाबाट प्रहरीले लागु औषधसहित एकजना भारतीय नागरिकलाई पक्राउ

जनकपुरधाम । धनुषामा प्रहरीले प्रतिबन्धित लागु औषधसहित एकजना भारतीय नागरिकलाई पक्राउ परेको छ । प्रहरीले सोमबार बिहान लागु औषधसहित भारत बिहार मधुवनी जिल्ला रजौल–५ बस्ने ४० वर्षीय कारी दासलाई पक्रार गरेको हो । धनुषाको विदेह नगरपालिका–१ स्थित रेल्वे ट्रयाकमा प्रहरी चौकी ठाडीझिझाबाट खटेको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ७ बि ६१२५ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा सोही मोटरसाइकलको लेगगार्डमा पलाष्टिकको बोरामा एक्सिप्लोन १ सय एमएलको ५० बोतल लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी वेदप्रसाद गौतमले जनाएका छन् ।

पक्राउ परेका दासलाई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याएर थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै