४ जेठ , काठमाडौँ । रौतहटमा स्थगित भएका २४ मतदान केन्द्रमा बुधबार मतदान भइरहेको छ ।
बैशाख ३० गते विभिन्न कारणले स्थगित भएको थियो । बिहान ७ बजेदेखि अत्यन्तै कडा सुरक्षाका साथ मतदान भइरहेको छ ।
जेष्ठ नागरिक अपाङ्ग र बिरामीलाई प्राथमिकतामा राखेर शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको गढिमाइ ‘घ’ का मतदान अधिकृत सुदिप गौतमले बताए ।


