Comments Add Comment

Advertisment

SKIP THIS

पुटिनलाई क्रेमलिन छाड्न आग्रह

२७ भाद्र , काठमाडौँ । यसै साता युक्रेनमा मस्कोले शृङ्खलावद्ध लज्जास्पद पराजय भोग्नुपरेको कारण धेरै भन्दा धेरै रुसी अधिकारीहरुले राष्ट्रपति भ्लादिमिर पुटिनलाई क्रेमलिनबाट बाहिर जान आग्रह गरेका छन् ।

पुटिनको गृहनगर सेन्ट पिटर्सवर्गमा थुप्रै नगरपालिका प्रतिनिधिले उनलाई देशद्रोहीको अभियोगमा मुद्दा चलाउन स्टेट डुयुमालाई आह्वान गरेको एकदिन पछि उनका आफ्नै सहकर्मीहरुले मस्कोमा जम्मा भएर उनका विचार ‘निराशजनक रुपमा पुरानो’ भएको भन्दै उनलाई राजीनामा दिन आग्रह गरेका छन् ।

रुसी राजधानीको लोमोनोसोभ्स्की जिल्लाका नगरपालिकाका प्रतिनिधिहरुले पुटिनलाई एउटा खुल्लापत्र मार्फत उनले पहिलो कार्यकाल र दोस्रोको केही भागमा राम्रो सुधार कार्य गरेको तर त्यसपछि सबै कुरा गलत हुन थालेको जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै