Comments Add Comment

Advertisment

SKIP THIS

बाढी पहिरोले अवरुद्ध राष्ट्रिय प्रसारणलाइन सञ्चालनमा

१२ कार्तिक , काठमाडौं । बाढी पहिरोले अवरुद्ध भएको राष्ट्रिय प्रसारण लाइन सञ्चालनमा आएको छ । कर्णाली राजमार्गसँगै विद्युतसमेत अवरुद्ध भएको थियो । कर्णाली राजमार्गको दैलेख, कालिकोट हुँदै जुम्ला राष्ट्रिय प्रसारण लाइन पुगेको छ ।

बाढीपहिरोले जुम्ला र कालिकोट खण्डमा ९० वटा पोल र तारमा क्षति भएपछि दुई सातादेखि विद्युत आपूर्ति हुन सकेको थिएन । तर, निरन्तरको कामले विद्युत सुचारु गर्न सफल भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र जुम्लाले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरण वितरण जुम्लाका प्रमुख नरेशदत्त रावलका अनुसार क्षति भएको स्थानमा मर्मतको काम सकिएपछि अहिले जुम्लामा सबै स्थानमा विद्युत आपूर्ति भएको छ । आधा महिना बढी समयसम्म विद्युत अवरुद्ध हुँदा जुम्ला अँध्यारो भएको थियो ।

नेशनल ग्रिड अवरुद्ध भएपछि स्थानीय उत्पादन घुघुत्ती र जाल्पादेवि साना जलविद्युत आयोजनाको विजुलीले जुम्ला सदरमुकाम खलंगामा काम चलाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै