Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल प्रहरीका ३ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा

२८ माघ, काठमाडौं । नेपाल प्रहरीका ३ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार शुक्रबार साँझ चितवन, महोत्तरी र बर्दियाका प्रहरी प्रमुखको काज सरुवा भएको हो ।

No description available.

चितवनमा प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारी, महोत्तरीमा कृष्ण पङ्गेनी र बर्दियामा बिरेन्द्र शाहीको काज सरुवा गरिएको छ । यी तीनै जिल्लामा रहेका एसपीत्रय ओम अधिकारी, दिनेश आचार्य र ईश्वर कार्कीको एकवर्षे कार्यकाल पुरा भएपछि उनीहरुको प्रहरी प्रधान कार्यालयले सरुवा गरेको हो ।

यसअघि चितवनमा रहेका एसपी ओमप्रसाद अधिकारी अख्तियार, महोत्तरीमा रहेका दिनेश आचार्य अपराध महाशाखा र बर्दियामा रहेका ईश्वर कार्कीको प्रहरी प्रधान कार्यालय कार्य विभागमा काज सरुवा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment