२० मंसिर, काठमाडौ । भर्खरै सरुवा भएर मकवानपुर आएका प्रहरी उपरीक्षक(एसपी)सुरेन्द्र बहादुर गुरुङले मकवानपुर प्रहरीको १७ बुँदे प्राथमिकता सार्वजनिक गरेका छन । 
बुधबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा प्रेस मिटको आयोजना गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरको १७ बुँदे प्राथमिकता सार्वजनिक गरेका हुन। प्रहरीले कानुन कार्यान्वयनका सिलसिलामा कसैसँग कुनै पनि सम्झौता नगर्ने बताएका छन् । उनले नेपाल प्रहरीले लिएको नीति एवं कार्ययोजनाप्रति कटिबद्ध रहन मातहतका प्रहरीलाई निर्देशन समेत दिएका छन् ।
उनले आफु प्रहरी प्रमुख भएर मकवानपुर रहदा लागुऔषध नियन्त्रण, जिल्लाको शान्ति शुरक्षा, घरेलु मदिरा नष्ट, यौन व्यवसाय नियन्त्रण कोरोना भाइरस नियन्त्रणको प्रभावकारी व्यवस्था लगायतका १७ बुँदे प्राथमिकता सार्वजनिक गरेका हुन।
प्रहरी अपराधी र राज्यको नीति कानून विपरीत हिड्ने जो कोहीविरुद्ध कठोर बन्नुपर्छ । मानवअधिकारको उच्च सम्मान गर्दै जनताको मन जित्दै अगाडी बढ्नुपर्छ
उनले सीमित साधन, स्रोतका बाबजुद प्रहरीले उत्कृष्ट सेवा प्रदान गर्नुपर्ने बताउँदै नागरिकलाई प्रदान गर्ने सेवामा कुनै पनि सम्झौता गर्न नसक्ने बताए । उनले भने, ‘प्रहरीले जनताप्रति देखाउने व्यवहार र प्रहरी सेवामा सुधार गर्दै क्रियाशील हुनुपर्छ ।’
पत्रकार सम्मेलनमा बागमती प्रदेशका महासचिव कृष्ण सारुमगर,पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतम लगायत अन्य पत्रकारले जिल्ला प्रहरी कार्यालय मकवानपुरले गर्नु पर्ने कामलाई चुस्तदुरुत राख्न अनुरोध गरेका थिए भने जिल्ला प्रहरी कार्यालयबाट जारी हुने सुचना पत्रकारलाई छिटो छरितो ढङ्गबाट प्रदान गर्न भनेका थिए।
पत्रकार सम्मेलनका नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्ण सारुमगर,पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतम पुर्व अध्यक्ष राममणि दाहाल,हरी हुमागाई,जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमाल लगायत मकवानपुरे पत्रकारको सहभागिता रहेको थियो ।






