Comments Add Comment

Advertisment

SKIP THIS

राष्ट्रिय संगीतकर्मी संघ बागमती प्रदेशको आयोजनामा तीज विशेष दर खाने कार्यक्रम सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघ बागमती प्रदेशको आयोजनामा तीज विशेष कार्यक्रम तथा दर खाने कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

अध्यक्ष दावा फिन्जो तामाङको अध्यक्षता र वरिष्ठ समाजसेबी तथा महिला अधिकारकर्मी निर्मला शाक्यको प्रमुख आथित्यतामा सम्पन्न भएको उक्त कार्यक्रम बसुन्धरा स्थित बसुन्धरा पार्टी प्यालेसमा आयोजना भएको थियो ।

कार्यक्रम सभ्य भब्य र मर्यादित रूपमा सम्पन्न भएको छ,कार्यक्रमका विशेष अतिथिहरुमा राष्ट्रिय संगीतकर्मी संघका निवर्तमान केन्द्रिय अध्यक्ष राजेन्द्र कुमार कार्की, राष्ट्रिय संगीतकर्मी संघका केन्द्रिय कार्यबाहक अध्यक्ष प्रकाश कटुवाल, केन्द्रिय उपमहासचिवको विनोद ढकाल र जीवन परियार, केन्द्रिय कोषाध्यक्ष गोविन्द गौतम, निवर्तमान केन्द्रिय उपाध्यक्ष रमेश दुलाल कागे, केन्द्रित सह सचिव आशा लामा ज्ञानमाला, केन्द्रिय सदस्य रवीन्द्र रिमाल, बागमती प्रदेशका निवर्तमान अध्यक्ष रामहरी भण्डारी, निवर्तमान महासचिव मान बहादुर तामाङको उपस्थिति रहेको थियो ।

त्यसैगरी अथितिहरुमा कुशल संचारकर्मी तथा लोक तथा दोहोरी गायक एवम सर्जक राजु बोहोरा, राष्ट्रिय संगीतकर्मी संघ सिन्धुपाल्चोक जिल्ला अध्यक्ष इश्वर सापकोटा, राष्ट्रिय संगीतकर्मी संघ राजधानी विशेष सम्पर्क समितिकी महिला संयोजक सुमी श्रेष्ठ, काठमाडौ जिल्ला सम्पर्क समितिका अध्यक्ष शिशिर शर्मा, सोही समितिका उपाध्यक्ष विनोद अर्याल निवर्तमान बागमती प्रदेश सचिव गोमा कोइराला रसुवा जिल्ला समितिका वरिष्ठ उपाध्यक्ष लगाएत अन्य पदाधिकारी तथा सदस्यहरु नुवाकोट जिल्लाका उपाध्यक्ष्य र सदस्यहरु पत्रकारहरु समाजसेवीहरु राष्ट्रिय संगीतकर्मी संघका आजीवन सदस्यहरु राष्ट्रिय खेलाडीहरू र राष्ट्रिय संगीतकर्मी संघलाई माया गर्ने अन्य सदस्य तथा सुभ चिन्तक हरको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन राष्ट्रिय संगीतकर्मी संघका बागमती प्रदेश सचिव करन तामाङ, स्वागत मन्तब्य बागमती प्रदेश उपाध्यक्ष अर्चना स्याङतान र धन्यवाद ज्ञापन बागमती प्रदेश महासचिव दिनेश तामाङले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै