Comments Add Comment

चोरीमा संलग्न २ जना बुटवलबाट पक्राउ

११ जेठ , काठमाडौं । रुपन्देहीको बुटवलमा मोटरसाइकल चोरी गर्ने कार्यमा संलग्न रहँदै आएका २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बुटवल उपमहानगरपालिका-११ राज्यलक्ष्मी पथमा पार्किङ गरी राखेको लु ५६ प २९०७ नम्बरको पल्सर मोटरसाइकल गत शुक्रवार साँझ हराएको थियो। उक्त मोटरसाइकल खोजी गर्ने क्रममा प्रहरीले २ जनालाई मोटरसाइकलसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना ननगरपालिका-६ बस्ने १८ वर्षीय निश्चल बुढाथोकी र कञ्चन गाउँपालिका-२ बस्ने १८ वर्षीय अभिषेक थारु रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए।उनीहरुलाई कानुन बमोजिम सवारी चोरी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment