Comments Add Comment

Advertisment

SKIP THIS

अवैध लागूऔषध गाँजासहित एक पक्राउ

१५ माघ , महोत्तरी । अवैध लागूऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महोत्तरीमा करिब १६० किलो अवैध लागूऔषध गाँजासहित महोत्तरी गाउँपालिका-४ बस्ने गणेश चौधरीलाई पक्राउ गरेको हो ।

No description available.

बिहिबार साँझ विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर छिन्नमस्ता वाहिनी र जलेश्वर बिओपीबाट खटिएको टोलीले खोजतलास गर्दा चौधरीले कुखुराको फर्म पछाडि परालभित्र लुकाई राखेको १६ पोका करिब १६० किलो गाँजा बरामद गरेको हो ।

No description available.

गाँजासहित पक्राउ परेका चौधरीलाई आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै