Comments Add Comment

झापाबाट बहुविवाह मुद्दाका २ जना फरार प्रतिवादी पक्राउ

झापा । बहुविवाह मुद्दाका २ जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाले उनीहरूलाई सोमबार पक्राउ गरी मंगलबार जिल्ला अदालतमा उपस्थित गराएको हो ।

पक्राउ पर्नेमा शिवसताक्षि नगरपालिका १० का ३७ वर्षीय मोहन शम्शेर योङ्हाङ र सोही ठाउँकी २७ वर्षीय पुजन सेलिङ अधिकारी रहेकी छिन् । उनीहरूलाई फैसला कार्यान्वयनको लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्र प्रसाद रिजालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै